काठमाडौ“ लुटेराहरुको र ाजधानी बन्ने खतरा
माघ १५ गते दिउ“सो ब्याङ्कबाट रकम झिकेर कार्यालयतर्फजा“दै गरेका राजु लामा लुटिए । विशालबजारस्िथत नेपाल इन्भेस्टमेन्ट ब्याङ्कबाट रकम झिकेर नजिकैको नेपाल सेयर मार्केट एन्ड फाइनाइन्स प्रालि नपुग्दै रञ्जना गल्लीमा पछाडिबाट खुकुरी हानेर लामाको झोलामा रहेको ४० लाख रुपिया“ लुटिएको हो । फाइनान्सका सुरक्षागार्ड रहेका लामा राजधानीको मुटुबाट दिनदहाडै लुटि“दा पनि प्रहरीले दोषीलाई पक्रन सकेको छैन ।
टेकुस्िथत एभरेस्ट ब्याङ्कबाट रकम निकालेर कार्यालय फर्किन लागेका व्यवसायीबाट १९ लाख रुपिया“भन्दा बढी लुटिएको एक साता नबित्दै पछिल्लो घटना भएको हो । टेकुको घटनामा अज्ञात व्यक्तिले कपडामा लगाइदिएको फोहोर हटाउने क्रममा हुलास रेमिटेन्सका सञ्जय झाको झोलामा रहेको नगद लिएर लुटेराहरू भागेका थिए । प्रहरीले लुटपाटमा संलग्न समूहको सुइ“कोसमेत पाएको छैन ।
पछिल्लो समय ब्याङ्क तथा वित्तीय संस्था र त्यसका ग्राहक लुटिने क्रममा बढोत्तरी भए पनि सुरक्षा निकायले प्रभावकारी कदम नचाल्दा उद्यमी-व्यवसायीदेखि र्सवसाधारणसम्मले असुरक्षित अनुभव गरेका छन् । यद्यपि, प्रहरीले भने राजनीतिक अस्िथरता र सङ्क्रमणकालको अवस्थामा यस्ता घटना हुनुलाई सामान्य रूपमा लिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख उपेन्द्रकान्त अर्याल ब्याङ्क तथा वित्तीय संस्थाले सामान्य सुरक्षा रणनीतिसमेत अपनाउन नसक्दा लुटपाट बढेको बताउ“छन् । "ब्याङ्क अफ काठमाडौ“ कमलपोखरी, एभरेस्ट ब्याङ्क टेकु र बानेश्वरमा भएका घटना लुटपाट नभई झुक्याएर गरएिका ठगी हुन्," अर्याल भन्छन्, "सधै“भर िनगद कारोबार गर्नेहरूले रुट र रकम लिएर हि“ड्ने व्यक्ति बदल्ने हो भने त्यस्ता ठगीबाट बच्न सकिन्छ ।"
ठूला लुटपाटका घटना प्रत्येक महिना छ-सातवटा हुने गरेका छन् भने सामान्य चोरी, लुटपाटका घटनाको त लेखाजोखा नै छैन । रञ्जना गल्लीमा ४० लाख रुपिया“ लुटिएकै दिन नेपाल यातायात चढेका अनामनगरका एक यात्रुको साथमा रहेको २० हजार रुपिया“ लुटिएको थियो । अघिल्लो दिन मात्र कार्यालयबाट र्फकने क्रममा मध्यबानेश्वरमा एक महिला लुटिएकी थिइन् । उपत्यकामा दैनिक दर्ुइ दर्जनभन्दा बढी लुटपाटका घटना भए पनि ५० प्रतिशतभन्दा कमले मात्र प्रहरीलाई जानकारी गराउ“छन् । चोर-लुटेरा पक्रिएर धनमाल फिर्ता पाउने सम्भावना कम रहेकाले पीडितहरू प्रहरीसम्म पुग्दैनन् ।
तर, महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी विष्णु केसी भने ८० प्रतिशत लुटपाटका घटनामा प्रहरीले सफलता पाएको दाबी गर्छन् । "लुटिएको नगद र सुनचा“दी फेला पर्ने सम्भावना कम भए पनि अपराधीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी सफल छ," केसी भन्छन्, "गएको छ महिनामा मात्र यस्ता घटनामा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरसिकिएको छ ।"
धरौटी राखेर निस्कने कानुनी प्रावधानका कारण लुटेरालाई प्रोत्साहन मिलेको छ । एक प्रहरी अधिकारीका अनुसार, मङ्सिर ९ गते कमलपोखरीस्िथत ब्याङ्क अफ काठमाडौ“ लुटपाटमा संलग्न ३० जनामध्ये १६ जनालाई प्रहरीले पक्राउ गर्यो । त्यहा“बाट लुटिएको २ करोड १२ लाख रुपिया“मध्ये करबि २२ लाख रुपिया“ बरामद भयो । बा“की १ करोड ९० लाख रुपिया“ बिगोमा अभियुक्तहरूले तीन-चार लाख रुपिया“ धरौटी राखे सहजै निस्कन सक्ने अवस्था रहन्छ । अझ तीन-चार लाख रुपिया“को लुटपाटमा त एक व्यक्तिले ३०-४० हजार रुपिया“ धरौटी राखेर निस्कन सक्छन् । लुटेराहरूले एक महिना पनि जेल बस्नुपर्दैन । कसले आएर धरौटी राखिदिन्छ, त्यो कसैलाई पत्तो हु“दैन । अनि, अपराधीहरू पुनः लुटपाटमा सक्रिय हुन्छन् ।
रामेछापको गौश्वारा गाविस-४ का उत्तम भन्ने उत्तरबहादुर थापामगरको समूहलाई उदाहरणका रूपमा लिन सकिन्छ । पटकपटक पक्राउ पर्दै, छुट्दै गरेका उत्तरे समूहका लुटेराहरूले हालसम्म ३० वटा डकैती गरसिकेको स्वीकारेका छन् । गत मङ्सिरमा धुलिखेल कारागारबाट भागेका समूहका अगुवा उत्तरे मङ्सिर २५ गते पुनः पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
ajay malla
Tuesday, February 5, 2008
Subscribe to:
Posts (Atom)