माओवादीको सरकारको नेतृत्व प्रचण्डले नै गर्ने सम्भावना बढेको माओवादी श्रोतले दावी गरेको छ ।
संविधानसभा चुनावको प्रत्यक्षतर्फ बहुमत ल्याएको माओवादीको सरकार प्रचण्डको नेतृत्वमै बन्ने सम्भावना बढेको छ । माओवादीले त्यसबारे अझै निर्णय नगरे पनि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने पक्षमा माओवादी नेता/कार्यकर्ता खुल्न थालेका छन् । नयाँ संविधान नबन्दासम्म राष्ट्रपति बन्ने सम्भावना नरहेको तथा प्रधानमन्त्रीले नै राष्ट्रप्रमूखको भूमिका निर्वाह गर्नुपर्ने भएकाले प्रचण्ड पनि प्रधानमन्त्री बन्न इच्छुक रहेको माओवादी श्रोतले बताएको छ । यसअघि भने माओवादीले सरकार बनाए माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुने तथा प्रचण्ड राष्ट्रपतिका लागि पर्खने प्रचारित थियो ।
अन्तरिम संविधानमा राष्ट्रप्रमूख र प्रधानमन्त्रीको अधिकारबारे नखुलाइएको तथा नयाँ संविधान नबनुन्जेल शक्तिसाली राष्ट्रपतिको ब्यवस्था हुने सम्भावना कम रहेको बिश्लेषण गर्दै प्रचण्ड आफै प्रधानमन्त्री बन्ने निश्कर्षमा पुगेको श्रोत बताउछ । राष्ट्रप्रमूख र प्रधानमन्त्रीका दुइ शक्ति केन्द्र बन्ने र तीबीच बिबाद हुने सम्भावना रहेका कारण पनि प्रचण्ड आफैं प्रधानमन्त्री बन्न कस्सिएको श्रोतको दावी छ । श्रोतका अनुसार, प्रचण्डले आफू प्रधानमन्त्री बन्ने खुलासा आइतबारसम्म संचारमाध्यममार्फत गर्ने सम्भावना छ ।
Monday, April 21, 2008
क्रान्ति अब सिनेमातिर
निमा रुम्बाले पहिलो फिल्मबाट नै दमदार अभिनय गरे । यस्तो अभिनय कला अरु गायकमा पनि हुँदो हो भन्ने तपाइँ सोचिरहनु भएको छ भने ठीक सोचिरहनु भएको छ । गायक क्रान्ति आले "दृष्टि" नामक चलचित्रबाट अभिनयमा हामफाल्दैछन् ।
चलचित्र चाहिँ डिजिटल फर्म्याटमै हुनेछ । यसमा गीत र फाइटका दृश्य पनि हालिएका छन् । र, सुटिङ चाहिँ केही ढिला नै हुने बताइएको छ ।
यता यस चलचित्रका सम्बन्धमा गायकले मुख खोलिरहेका भने छैनन् । उनले यस चलचित्रमा एउटा दृष्टिविहीन व्यक्तिको भूमिका निर्वाह गर्ने भएका छन् ।
यसमा सिनी गुरुङ, कन्काइष्ट राई, जीएक्स सोलसहित नायक स्वयंको स्वर यसमा रहनेछ ।
गायक क्रान्तिले अभिनयको केही प्रशिक्षण लिन भ्याइसकेका छन् भने मारपिटका केही दृश्यसमेत हालिने भएकाले उनले हातगोडा चलाउने प्रशिक्षण पनि लिइसकेका छन् ।
चलचित्रका निर्देशक राजन राई रहेका छन् । राइले हालै भारतमा चलचित्र निर्देशनसम्बन्धी प्रशिक्षण लिएको बताइएको छ ।
यता गायक आले चाहिँ चलचित्र शुरु नभई चलचित्रको च पनि उच्चारण नगर्ने स्थितिमा रहेका छन् ।

दरबारद्वारा समाचारको खण्डन
राजा गद्धी त्यागी भारततिर निर्वासनमा जान लागेको भन्ने समाचारहरूको दरवारले खण्डन गरेको छ।
राजदरवार सम्बाद सचिवालयले आइतबार एक विज्ञप्ति मार्फत दरवारको सम्बन्धमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यमबाट प्रकाशित समाचारहरू कपोलकल्पित भएको बताएको छ।
माओवादीको नेतृत्वमा सरकार बन्ने भएपछि राजाले गद्धी त्यागी भारततिर निर्वासनमा जाने भनी विभिन्न समाचार माध्यममा समाचारहरू प्रकाशित भैरहेका बेला दरवारको यस्तो खण्डन आएको हो।
विज्ञप्तिमा कुन समाचार माध्यमको कुन समाचारलाई खण्डन गरिएको भन्ने स्पष्ट पारिएको छैन।
यसअघि भारतले 'राजाले भारतमा शरण मागेको' भन्ने समाचारको खण्डन गरेको थियो।

माओवादीलाई आतंककारीको सूचीबाट हटाउने
संयुक्त राज्य अमेरिकाले नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाउने भएको छ । सभामुख सुभाषचन्द्र नेम्वाङसंग संसद भवनस्थित कार्यकक्षमा ९ वैशाखमा भएको भेटमा अमेरिकी राजदूत नान्सी जे पावेलले उक्त जानकारी गराउनुभएको हो । नेम्वाङका अनुसार पावेलले माओवादीलाई अमेरिकी सरकारको आतंककारीको सूचीबाट हटाउने प्रक्रिया अगाडि बढाइसकिएको जनाउनुभएको छ । प्राविधिक काम सकिएलगत्तै उक्त घोषणा हुने पावेलको भनाई रहेको थियो ।
काठमाण्डौमा कुमारी आमाको बिगबिगी
भन्छन वैंशमा मान्छे अन्धो हुन्छ, सम्हाल्न नसके यो अन्धोपनले जीवनभर शिर निहुरयाएर वाच्न वाध्य गराउछ । यहि वैंशलाई सम्हाल्न नसकेर कुमारी आमा बनि रोइरहेकाहरु जमात दिन प्रति दिन बढिरहेको छ । कलेजको खुल्ला बाताबरन, आमा बावूको छोरा छोरीहरुको चालचलन प्रति चासोको कमि , साथीभाईहरुको विकृत मानसिकताको सहयात्री, अनि यौन प्रतिको काचो जानकारी प्रमुख कारण हुनर्पर्छ कुमारी आमा बन्नुको पछाडी । यो समस्या हिजो आज प्रमुख रुपमा नेपालको विषेश गरी प्ा्रमुख शहरी क्षेत्रहरु विराटनगर,पोखरा, धरान, विरगंज,अनि काठमाण्डौंमा बढ्दै गएको छ । गैर कानूनी रुपमा फस्र्टाईरहेको मसाज, क्याबिन रेष्टुरेन्ट,डान्सबार,क्लव प्रतिको मोह अहिले विषेश गरी यूवापुस्तामा बढ्दै गएको पाईन्छ । असुरक्षित यौन सर्म्पर्कले युवतीहरुलाई कुमारी आमा मात्र हैन डरलाग्दो रोग एड्सले पनि संक्रमित बनाईरहेको छ । यो समस्याले युवाहरुलाई पनि उत्तिकै गाज्दै लगेको छ । यो समस्या प्रति समयमै सजक नभए यसले भोली गम्भिर रुप लिने लगभग ढुक्क छ ।
Subscribe to:
Posts (Atom)